• पुस २६, २०८१
  • No Comment
  • 107

हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग परराष्ट्रमन्त्रीको अपिल

नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ। नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन्।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा. देउवाले इजिप्ट सरकारसमक्ष सो आग्रह गरेकी हुन्।

आजै मन्त्री डा. देउवाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन्। हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताए।

हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन मन्त्री डा. देउवाले दुवै देशका सरकारलाई आग्रह गरेकी हुन्।

यसअघि पनि गत बुधबार मन्त्री डा. देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग विपिनको रिहाइमा पहल गरिदिन आग्रह गरेकी थिइन्।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *