• पुस २५, २०८१
  • No Comment
  • 42

एमाले नेता अनिल पोखरेल रकम ठगी गरेकाे आरोपमा पक्राउ

नेकपा एमालेका नेता अनिल पोखरेल पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेल आज विराटनगरबाट पक्राउ परेका हुन्।

उनले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ। मोरङ जिल्ला कमिटी सदस्य रहेका उनले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए।

ठगीको घटना सार्वजनिक भएपछि उनी प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवबाट हटाइएका थिए।

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *