• मंसिर १०, २०७८
  • No Comment
  • 115

भरत सिग्देलको स्वदेश गान ‘मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक

काठमाडौं : गीतकार भरत सिग्देलको स्वदेश गान ‘मुटु भित्र सीमा दुख्छ’ सार्वजनिक गरिएको छ । विकास चौधरीको संगीत रहेको गीतमा विकास लिम्बुले स्वर दिएका छन् ।

गीतमा भरतले देश र भेषभुषाप्रति अगाध प्रेम दर्साएका छन् । गीतमा उनले देशको सान लुम्बिनी र सगरमाथा मात्र समेटेका छैनन् चन्द्र सूर्य अंकित हाम्रो राष्ट्रिय झण्डासँग वीरताको गाथा रहेको समेत स्मरण गराएका छन् ।

सुन, चाँदी, हिरामोती भन्दा नेपाल आमा बहुमूल्य रत्न भएको गीतकारले गीतमार्फत व्यक्त गरेका छन् । सोही गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा विभिन्न कलाकारको साथमा देशका विविध भूगोल झल्कने दृश्यहरु प्रयोग भएका छन् ।

लय संग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भीमलाल तामाङ, रश्मी भट्ट, सुचित्रा श्रेष्ठ, सुवास मेचे, समर बहादुर आले मगर, दीपकराज खतिवडा, सोमबहादर तामाङ, शान्ति सिग्देल, अस्मिता सिग्देल लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

खेम थापा मगरको छायाँकन, वीरबहादुर थारुको सम्पादन रहेको भिडियोमा उषा मलाहा सिमरनको निर्देशन रहेको छ । भिडियोका निर्माता नारद आचार्य, सुदामा केशव बैरागी माइलो रहेका छन् ।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *