• मंसिर १०, २०७८
  • No Comment
  • 18

भरत सिग्देलको स्वदेश गान ‘मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक

काठमाडौं : गीतकार भरत सिग्देलको स्वदेश गान ‘मुटु भित्र सीमा दुख्छ’ सार्वजनिक गरिएको छ । विकास चौधरीको संगीत रहेको गीतमा विकास लिम्बुले स्वर दिएका छन् ।

गीतमा भरतले देश र भेषभुषाप्रति अगाध प्रेम दर्साएका छन् । गीतमा उनले देशको सान लुम्बिनी र सगरमाथा मात्र समेटेका छैनन् चन्द्र सूर्य अंकित हाम्रो राष्ट्रिय झण्डासँग वीरताको गाथा रहेको समेत स्मरण गराएका छन् ।

सुन, चाँदी, हिरामोती भन्दा नेपाल आमा बहुमूल्य रत्न भएको गीतकारले गीतमार्फत व्यक्त गरेका छन् । सोही गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा विभिन्न कलाकारको साथमा देशका विविध भूगोल झल्कने दृश्यहरु प्रयोग भएका छन् ।

लय संग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भीमलाल तामाङ, रश्मी भट्ट, सुचित्रा श्रेष्ठ, सुवास मेचे, समर बहादुर आले मगर, दीपकराज खतिवडा, सोमबहादर तामाङ, शान्ति सिग्देल, अस्मिता सिग्देल लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

खेम थापा मगरको छायाँकन, वीरबहादुर थारुको सम्पादन रहेको भिडियोमा उषा मलाहा सिमरनको निर्देशन रहेको छ । भिडियोका निर्माता नारद आचार्य, सुदामा केशव बैरागी माइलो रहेका छन् ।

 

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *