
काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानलाई १५० रनको लक्ष्य दिएको छ।
वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा चार विकेट गुमाएर १४९ रन बनायो। नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए।
लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र एक चौकासहित ५२ रन बनाए। उनले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्।



