
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण भने खुलेको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। महाअभियोग पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन्।



