
कञ्चनपुर, ३२ असार — कञ्चनपुरमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी नगरपालिका निवासी ४२ वर्षीया पारु सुनारको आफ्नै श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार भएको कुटपिटपछि घाइते पारुलाई उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। घटनामा संलग्न रणबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको थियो।
हाल रणबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



