
चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकाले गाउँपालिकाको अनुदानबाट तलब–भत्ता खाने गरी नियुक्त भएका स्वयंसेवक शिक्षक तथा कर्मचारीलाई २०८३ साल साउन १ गतेदेखि हाजिर नगराउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ।
चौकुने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले २०८३ असार ३२ गते जारी गरेको जानकारीअनुसार, गाउँ कार्यपालिकाको २०८३ वैशाख ११ गतेको निर्णय बमोजिम चौकुने गाउँपालिकाको अनुदानबाट नियुक्त भएका स्वयंसेवक शिक्षक तथा कर्मचारीलाई साउन १ गतेदेखि विद्यालयमा हाजिर नगराउन अनुरोध गरिएको हो। सूचनामा उक्त निर्देशनको कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित सामुदायिक विद्यालयको रहने उल्लेख गरिएको छ। यो जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत गगनसिंह पाण्डेयद्वारा जारी गरिएको हो।



