
सुर्खेत, साउन १७ — सुर्खेतको वीरेन्द्रनगरबाट १० ग्रामभन्दा बढी ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतको संयुक्त टोलीले वीरेन्द्रनगर–५ कालिकाटोल निवासी ३० वर्षीय प्रकाश कँडेललाई शनिबार बिहान साढे ११ बजेतिर उनकै कोठाबाट पक्राउ गरेको हो।
प्रहरीले कोठामा खानतलासी गर्दा १ पोका र ९ पुडियामा रहेको शुद्ध तौल १० ग्राम ६५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका कँडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



