
काठमाडौं । मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्। आइतबार बिहान गएको हिमपहिरोमा सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी आएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। एउटा हेलिकप्टरले उद्धारकर्तालाई घटनास्थलमा पुर्याइसकेको र अर्को हेलिकप्टर पनि उद्धारका लागि पठाउने तयारी भइरहेको उनले बताए।



