
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
माथिबाट अचानक खसेको पहिरोले घर पुर्दा घरभित्र रहेका चारै जनाको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिनुभएको छ ।
घटनामा मृत्यु हुनेहरूमा ३९ वर्षीया श्यामकुमारी विक, उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय छोरा मुकेश विक र ५ वर्षीय छोरा निसन विक रहेका छन् ।
घरमा कुल ५ जना सदस्य रहेका थिए । तीमध्ये एक जना भने बिहानै घर बाहिर निस्किएकाले उनको ज्यान जोगिएको छ । घरभित्र सुतिरहेका वा रहेका अन्य चार जनाको भने पहिरोमा पुरिएर ज्यान गएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ वडा अध्यक्ष र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगिसकेको छ । यस घटनासम्बन्धी थप र विस्तृत विवरण आउने क्रममा रहेको छ ।



