- जेष्ठ २७, २०८३
- No Comment
- 15
लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन जना, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई–दुई जना तथा जुम्ला, मोरङ र ललितपुरबाट एक–एक जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट अफिम, खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



