• जेष्ठ २७, २०८३
  • No Comment
  • 1

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था, गत निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादव ले कर्णाली प्रदेशको आर्थिक–सामाजिक रूपान्तरण तथा पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई आधारस्तरदेखि नै मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पीडित वर्ग र पछाडि परेका क्षेत्रका अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँ–गाउँमा पुगेर सङ्गठन विस्तार गर्न आग्रह गरे।

कर्णाली प्रदेश इन्चार्ज बलवीर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाको हिसाबले अग्रणी रहेको बताए। उनले पार्टीका नीति तथा एजेन्डाहरू जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन स्पष्ट कार्ययोजना आवश्यक रहेको धारणा राखे।

त्यस्तै, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले ले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता बढाएर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने बताइन्।

केन्द्रीय सदस्य लिला सिजापतीले सङ्गठनलाई जीवन्त र प्रभावकारी बनाउन तल्लो तहका कार्यकर्ता तथा जनतासँगको निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरिन्।

जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा कार्यकर्ताहरूले स्थानीय तहको साङ्गठनिक अवस्था, चुनौती तथा आगामी रणनीतिका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

भेलाको अन्त्यमा प्रादेशिक नेतृत्वले प्राप्त सुझावहरूलाई समेट्दै कर्णालीमा जसपालाई थप प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…
गौरव महिनाको अवसरमा कर्णालीमा नीति संवाद, सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

गौरव महिनाको अवसरमा कर्णालीमा नीति संवाद, सामाजिक विकास मन्त्रीलाई…

सुर्खेत।  गौरव महिना (Pride Month) को अवसरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान, पहिचान र समावेशिताका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *