• जेष्ठ २७, २०८३
  • No Comment
  • 3

गौरव महिनाको अवसरमा कर्णालीमा नीति संवाद, सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

सुर्खेत।  गौरव महिना (Pride Month) को अवसरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान, पहिचान र समावेशिताका विषयमा प्रदेशस्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेश सरकार, नागरिक समाज, विकास साझेदार संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्न समावेशी नीति तथा कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न समुदायमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको निष्कर्षस्वरूप सादा नेपाल, कर्णाली इन्द्रेणी आवाज, सीसीआर–कर्णाली, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालको संयुक्त पहलमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ज्ञापनपत्र बुझाइएको थियो। ज्ञापनपत्रमार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवालहरूलाई प्रदेश सरकारको नीति, योजना, बजेट तथा कार्यक्रममा समावेश गरी समुदायमैत्री वातावरण निर्माण गर्न आग्रह गरिएको आयोजकले जनाएको छ।

सहभागीहरूले सम्मान, समान अवसर र मानव अधिकारको सुनिश्चिततामार्फत समावेशी समाज निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको  बताए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *