• जेष्ठ २४, २०८३
  • No Comment
  • 11

खाद्यजन्य रोग गम्भीर चुनौती, जनस्वास्थ्य सुधारका लागि सरकार प्रतिबद्ध: मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वास्थ्यमन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताएकी छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले यस चुनौतीको सामना गर्न र जनस्वास्थ्यमा आवश्यक सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले नागरिकका लागि स्वच्छ खानपानको सुनिश्चितता गराउनु नै सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गरेकी छन् ।

यसका साथै सरकारले खाद्य स्वच्छतालाई थप सुदृढ बनाउनका लागि ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ । मन्त्री मेहताले आगामी दिनमा खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई तीव्रताका साथ अघि बढाइने जानकारीसमेत दिएकी छन् ।

खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको जिम्मेवारी भएको उनले बताइन् । यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरूरी रहेको उनको भनाइ छ । यस्ता असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने मन्त्री मेहताले उल्लेख गरिन् ।

मन्त्री मेहताले यस विशेष दिवसका अवसरमा खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालाहरूलाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न आग्रह गरेकी छन् । उनले सबै क्षेत्रलाई आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत व्यक्त गरिन् ।

आइतबार नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यान्न समस्याको पहिचान’ भन्ने मूल नाराका साथ यो दिवस भव्य रूपमा मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष विश्वभर ६० करोड मानिस दूषित खानाका कारण बिरामी पर्ने गरेका छन् भने चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ ।

सम्बन्धित खबर

सुर्खेतकाे भेरीगंगामा ईभी गाडी दुर्घटना अपडेट: घाइतेहरूकाे खुल्याे पहिचान

सुर्खेतकाे भेरीगंगामा ईभी गाडी दुर्घटना अपडेट: घाइतेहरूकाे खुल्याे पहिचान

सुर्खेत, जेठ २४ — सुर्खेतको भेरीगंगा नगरपालिका–१२ पाडुलेस्थित सुर्खेत–छिन्चु सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये…
चौकुने गाउँपालिका वडा न ६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ६ को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत। चौकुने गाउँपालिका वडा न ६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ६ को सु–शासन, पारदर्शिता र…
चौकुने गाउँपालिका वडा न ३ बेतान को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ३ बेतान को सार्वजनिक सुनुवाई…

सुर्खेत। चौकुने गाउँपालिका वडा न ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ३ को सु–शासन, पारदर्शिता र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *