• चैत्र ८, २०८२
  • No Comment
  • 3

बाल सुधार गृहबाट फरार थुनुवा सुर्खेतमा पक्राउ

सुर्खेत, चैत ८सुर्खेत प्रहरीले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गतको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार अपराह्न वीरेन्द्रनगर–९ लाटिकोइलीबाट १८ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापा नौवस्ता स्थित बाल सुधार गृहबाट गत भदौ २४ गते ‘जेनजि आन्दोलन’का क्रममा फरार भएका थिए। उनी लागुऔषध (ब्राउन सुगर) मुद्दामा थुनामा रहेका थिए।

पक्राउ परेका थापालाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिका ८ गुटुको विशाल बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

सुर्खेतकाे चौकुने गाउँपालिका ८ गुटुको विशाल बजार अनुगमन, म्याद…

सुर्खेत।  सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा गुटुको बिशाल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर…
राष्ट्रिय परिचयपत्रका लागि प्रारम्भिक विवरण दर्ता नपर्ने

राष्ट्रिय परिचयपत्रका लागि प्रारम्भिक विवरण दर्ता नपर्ने

काठमाडौं — गृह मन्त्रालय ले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रालयका अनुसार केन्द्रीकृत…
आन्तरिक विवादले परीक्षा स्थगित : वीरगन्जको हरि खेतान क्याम्पस तनावग्रस्त

आन्तरिक विवादले परीक्षा स्थगित : वीरगन्जको हरि खेतान क्याम्पस…

वीरगन्ज, चैत ८ — हरि खेतान बहुमुखी क्याम्पस मा आन्तरिक विवादका कारण त्रैमासिक परीक्षा स्थगित भएपछि क्याम्पस क्षेत्र तनावग्रस्त बनेको छ। क्याम्पस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *