- चैत्र ८, २०८२
- No Comment
- 3
बाल सुधार गृहबाट फरार थुनुवा सुर्खेतमा पक्राउ
सुर्खेत, चैत ८ — सुर्खेत प्रहरीले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गतको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार अपराह्न वीरेन्द्रनगर–९ लाटिकोइलीबाट १८ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा नौवस्ता स्थित बाल सुधार गृहबाट गत भदौ २४ गते ‘जेनजि आन्दोलन’का क्रममा फरार भएका थिए। उनी लागुऔषध (ब्राउन सुगर) मुद्दामा थुनामा रहेका थिए।
पक्राउ परेका थापालाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।