• चैत्र ८, २०८२
  • No Comment
  • 9

राष्ट्रिय परिचयपत्रका लागि प्रारम्भिक विवरण दर्ता नपर्ने

काठमाडौंगृह मन्त्रालय ले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

मन्त्रालयका अनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरिएसँगै अब सेवाग्राहीले छुट्टै आवेदन फाराम भर्नुपर्ने झन्झट हटेको हो।

आइतबार ओमप्रकाश अर्याल ले जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेर नयाँ व्यवस्थाको निरीक्षण गरेका थिए। उनले समान विवरणका लागि फरक–फरक निकायमा फाराम भर्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गरिने बताए।

मन्त्री अर्यालका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाहलाई सहज, नागरिकमैत्री र प्रभावकारी बनाउनेछ। साथै, सार्वजनिक सेवा अन्तरआबद्धताले सुशासन कायम गर्न, दोहोरोपना हटाउन र राज्यकोषमा बचत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

हाल दैनिक ६ देखि ८ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र बन्ने गरेकाले नयाँ व्यवस्थाबाट सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिका ८ गुटुको विशाल बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

सुर्खेतकाे चौकुने गाउँपालिका ८ गुटुको विशाल बजार अनुगमन, म्याद…

सुर्खेत।  सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा गुटुको बिशाल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर…
बाल सुधार गृहबाट फरार थुनुवा सुर्खेतमा पक्राउ

बाल सुधार गृहबाट फरार थुनुवा सुर्खेतमा पक्राउ

सुर्खेत, चैत ८ — सुर्खेत प्रहरीले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गतको…
आन्तरिक विवादले परीक्षा स्थगित : वीरगन्जको हरि खेतान क्याम्पस तनावग्रस्त

आन्तरिक विवादले परीक्षा स्थगित : वीरगन्जको हरि खेतान क्याम्पस…

वीरगन्ज, चैत ८ — हरि खेतान बहुमुखी क्याम्पस मा आन्तरिक विवादका कारण त्रैमासिक परीक्षा स्थगित भएपछि क्याम्पस क्षेत्र तनावग्रस्त बनेको छ। क्याम्पस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *