• फाल्गुन १३, २०८२
  • No Comment
  • 49

सुर्खेतका फपेन्द्र न्यौपानेसहित तीन जना अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका–८ घर भएका ३६ वर्षीय धनराज बस्नेत तथा कास्की माछापुच्छ्रे गाउँपालिका–७ घर भएका ४२ वर्षीय शिवबहादुर घर्ती रहेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकुस्थित एक होटलमा व्यक्तिलाई बन्धक बनाई कुटपिट गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनामा संलग्नहरूले पीडितलाई नियन्त्रणमा राखी शारीरिक दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले पीडितको सकुशल उद्धार गरेको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

जाडोयाममा हाडजोर्नीको समस्या किन बढ्छ?

जाडोयाममा हाडजोर्नीको समस्या किन बढ्छ?

काठमाडौं। जाडो मौसम सुरु भएसँगै हाडजोर्नीको समस्या भएका बिरामीहरूमा दुखाइ बढ्ने गरेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी आर्थराइटिस (हाडजोर्नी खिइने समस्या) बाट…

Casinos bedingungslos 2026 Kein Einzahlungs- & Einsatzlimit

Content Zahlungsmethoden Darf meinereiner Boni unteilbar Spielsaal ohne Bankverbindung einbehalten? Kein Kontoverbindung Kasino Prämie Verzeichnis Werden Casinos bloß Verifizierung zugelassen in…

Svart Jack Magin: Maximera Dina Vinstchanser på Smok Ace…

Inledning: Varför Denna Strategi Är Avgörande För Erfarna Spelare För den erfarne blackjack-spelaren är jakten på optimal strategi en evig strävan.…

Leave a Reply

Your email address will not be published. Required fields are marked *