• फाल्गुन १४, २०८२
  • No Comment
  • 28

जाडोयाममा हाडजोर्नीको समस्या किन बढ्छ?

काठमाडौं। जाडो मौसम सुरु भएसँगै हाडजोर्नीको समस्या भएका बिरामीहरूमा दुखाइ बढ्ने गरेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी आर्थराइटिस (हाडजोर्नी खिइने समस्या) बाट ग्रसित व्यक्तिहरूले चिसो मौसममा असह्य पीडा महसुस गर्ने गरेका छन्।

चिकित्सक डा. विनोद शेरचनका अनुसार चिसोकै कारणले हाडजोर्नीको रोग सुरु हुने होइन, तर पहिलेदेखि समस्या भएकाहरूमा जाडोयाममा दुखाइ भने बढ्ने गर्छ। “गर्मीको तुलनामा जाडोमा हाडजोर्नी दुखाइका कारण अस्पताल आउने वृद्ध बिरामीको संख्या करिब ५० प्रतिशतसम्म बढेको देखिन्छ,” उनले बताए।

किन बढ्छ दुखाइ?

डा. शेरचनका अनुसार जाडोयाममा दुखाइ बढ्नुका प्रमुख कारणहरू यस्ता छन्–

  • स्नायुहरूको संवेदनशीलता बढ्नु : चिसोका कारण दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय हुने हुँदा पीडा बढ्छ।

  • वायुमण्डलीय दबाव कम हुनु : जाडोमा वायुमण्डलीय दबाव घट्दा जोर्नी र मांसपेशीमा सजिलै सुजन आउन सक्छ, जसले दुखाइ बढाउँछ।

  • मांसपेशीमा ऐठन : चिसो मौसममा मांसपेशी कडा हुने र ऐठन बढी हुने हुँदा पीडा बढ्ने गर्छ।

  • रक्तसञ्चारमा कमी : हातगोडामा तुलनात्मक रूपमा रक्तसञ्चार कम हुँदा दुखाइ तीव्र हुन्छ।

  • भिटामिन–डीको कमी : जाडोमा दिन छोटो र रात लामो हुने भएकाले घाम कम लाग्छ, जसले शरीरमा भिटामिन–डीको मात्रा घटाएर हाडजोर्नी कमजोर बनाउँछ।

कसरी बच्ने?

हाडजोर्नीको दुखाइ कम गर्न र समस्या नियन्त्रणमा राख्न केही सामान्य सावधानी अपनाउन चिकित्सकको सुझाव छ–

  • शरीर न्यानो राख्ने कपडा लगाउने

  • तातो तथा झोलिलो खाना प्रशस्त खाने

  • नियमित हल्का व्यायाम र शारीरिक गतिविधि गर्ने

  • पारिलो घाममा बस्ने

  • भिटामिन–डी र पोषणयुक्त खाना सेवन गर्ने

यी उपाय अपनाउँदा पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने डा. शेरचनले सुझाएका छन्।

विशेषज्ञहरूका अनुसार जाडोयाममा सचेत रहँदा हाडजोर्नीको समस्या धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *