• बैशाख ८, २०८२
  • No Comment
  • 46

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

हेटौंडा । १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्र्तिक महिनादेखि पटक पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।

बाबुले पटक पटक बलात्कार गरेपछि सहन नसकेर बालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।  उनका बाबुलार्इ  पक्राउ गरी कारबाही प्रकृया अघि पढाउने प्रहरीले जनाएकाे छ ।

 

सम्बन्धित खबर

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…
यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका…
चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

चौकुनेमा 7 ‘A’ साइट खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नं ६ श्री जिवन ज्योति मा विको प्राङ्गणमा 7 ‘A’ साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *