• बैशाख ८, २०८२
  • No Comment
  • 142

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

हेटौंडा । १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्र्तिक महिनादेखि पटक पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।

बाबुले पटक पटक बलात्कार गरेपछि सहन नसकेर बालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।  उनका बाबुलार्इ  पक्राउ गरी कारबाही प्रकृया अघि पढाउने प्रहरीले जनाएकाे छ ।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा जातीय भेदभाव उन्मुलनको ६१औं अन्तर्राष्ट्रिय दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा जातीय भेदभाव…

सुर्खेत। चौकुने गाउँपालिमा जातीय भेदभाव उन्मुलनको ६१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा “दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन” विषयक अन्तरक्रिया…
हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ — हिमपात र वर्षाका कारण माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध भएको छ। माथिल्लो मुस्ताङ क्षेत्रमा आज दिउँसोदेखि विद्युत् आपूर्ति बन्द…
कर्णालीसहित देशका अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

कर्णालीसहित देशका अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं — देशका अधिकांश स्थानमा आज पनि हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *