• माघ २७, २०८१
  • No Comment
  • 135

प्याब्सन भेरीगंगाको आयोजनामा एक दिने सेमिनार सम्पन्न

प्याब्सन भेरीगंगाको आयोजनामा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ । हिजो शनिबार भेरीगंगा नगरपालिका १०को होटल महलमा आयोजित सेमिनारमा भेरीगंगा नगरपालिका अन्तरगतका प्याब्सन सदस्य विद्यालयका करिव १०० शिक्षकहरुलाई अङ्ग्रेजी भाषा सम्बन्धि १ दिने सेमिनार सम्पन्न गरिएको हो ।

प्याब्सन सुर्खेतको १५ औं जिल्ला साधारणसभा तथा प्याब्सन कर्णालीको चौथो अधिबेशन बाट निर्वाचित प्रदेश कार्यसमितिका पदाधिकारी हरुलाई बधाई तथा शुभकामना समेत दिइएकाे थियो ।

कार्यक्रमको सभाध्यक्षमा प्याब्सन भेरीगंगाका अध्यक्ष विशाल पुन
प्रमुख अतिथि – प्याब्सन केन्द्रीय सदस्य कृष्ण प्रशाद शर्मा ,विशेष अतिथि प्याब्सन कर्णाली अध्यक्ष नोख बहादुर खत्री ,बरिस्ठ उपाध्यक्ष बेद प्रकाश ढकाल , अतिथि हरुका प्याब्सन सुर्खेत अध्यक्ष छत्र बहादुर वढ्वाल , प्याब्सन कर्णाली सहसचिव हुमलाल भट्टराई , सहकोषाध्यक्ष यामराज गीरी ,प्याब्सन सुर्खेत बरिस्ठ उपाध्यक्ष हरिलाल खडका , उपाध्यक्ष मीना देवकोटा, सचिव प्रकाश खत्री , सहकोषाध्यक्ष दिलमाया थापा ,सदस्य हरुमा भक्त सिह ठकुरी , पुर्ण भण्डारी तथा बलबहादुर खत्रीको सहभागीता रहेको थियो ।

कार्यक्रम मा नवनिर्वाचित प्रदेश तथा जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य हरुलाई प्रमाणपत्र सहित प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य कृष्ण शर्माले सम्मान गर्नुभएको थियो ।

साथै सोहि अवसरमा ८ विद्यालयबाट सहभागी करिव १०० जना शिक्षक तथा शिक्षिका ज्युहरुलाई अङ्ग्रेजी भाषा प्रशिक्षक तथा शिक्षक का टेनर उमाकान्त दाहाल ( यु के ) ले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *