• माघ ३, २०८१
  • No Comment
  • 29

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी : १ जना घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन । मुस्ताङको जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

हात र औलामा आगोले पोलेर घाइते हुनुभएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कनु भएको थियो । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए । सुवेदीका अनुसार अहिले घाइतेकाे उपचार भइरहेकाे छ ।

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…
चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध…

कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *