- पुस २२, २०८१
- No Comment
- 24
सिन्धुलीको हरिहरपुरगढीमा गलले हानेर बाबुले गरे छोराको हत्या
सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय लिलाबहादुर पुर्कोटी सार्कीलाई गलले हानेर हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साढे ८ बजे राती घरायसी विवाद हुँदा डुमानसिंहले छोरा लिलाबहादुरलाई फलामको गलले टाउको र डाढमा प्रहार गरेका थिए ।
बाबुले गलले प्रहार गरेर घाईते भएका लिलाबहादुरलाई राती नै जिल्ला हस्पताल मकवानपुरमा उपचारका लागि लगिएकोमा साढे १० बजे राती मृत्यु भएको थियो । मृतकको शव आइतबार पोष्टमार्टम गरि आमा बिल्कु सार्कीले बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
बाबु डुमानसिंहलाई आइतबार पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिएका छन ।