• पुस १२, २०८१
  • No Comment
  • 92

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनिकरण गर्न र युवाहरुलाई रोजगार मुलक बनाउने भन्दै निशुल्क तयारी कक्षाको तयारी गरिएको वडा अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं.१ मा रहेका गरिव, जेहेन्दार, दलित, महिला, आदिवासी, जनजाति, अपाङ्ग र पिछडिएका विद्यार्थीहरुलाई निजामति सेवामा प्रवेश गराउने उदेश्यले निशुल्क तयारी कक्षा संचालन गर्न लागिएको अध्यक्ष खत्रीले बताए । सि.आइ.डि. कलेजले संचालन गर्न लागेको उक्त तालिम दस महिने हुने कलेजले जानरकारी दिएको छ ।

उक्त १० महिने निशुल्क लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा संचालन गर्नका लागि वीरेन्द्रनगर नगरापलिका वडा नं.१ ले सुचना समेत जारी गरेको छ । सुचनामा ईच्छुकहरुले सातदिन भित्र आप्mनो सम्पुर्ण शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ड साइज फोटो सहित वडामा सम्पर्क गर्नहुन भनेर सुचनामा उल्लेख गरिएको छ ।

 

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *