• पुस १२, २०८१
  • No Comment
  • 129

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनिकरण गर्न र युवाहरुलाई रोजगार मुलक बनाउने भन्दै निशुल्क तयारी कक्षाको तयारी गरिएको वडा अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं.१ मा रहेका गरिव, जेहेन्दार, दलित, महिला, आदिवासी, जनजाति, अपाङ्ग र पिछडिएका विद्यार्थीहरुलाई निजामति सेवामा प्रवेश गराउने उदेश्यले निशुल्क तयारी कक्षा संचालन गर्न लागिएको अध्यक्ष खत्रीले बताए । सि.आइ.डि. कलेजले संचालन गर्न लागेको उक्त तालिम दस महिने हुने कलेजले जानरकारी दिएको छ ।

उक्त १० महिने निशुल्क लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा संचालन गर्नका लागि वीरेन्द्रनगर नगरापलिका वडा नं.१ ले सुचना समेत जारी गरेको छ । सुचनामा ईच्छुकहरुले सातदिन भित्र आप्mनो सम्पुर्ण शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ड साइज फोटो सहित वडामा सम्पर्क गर्नहुन भनेर सुचनामा उल्लेख गरिएको छ ।

 

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *