• फाल्गुन ११, २०८२
  • No Comment
  • 23

निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

काठमाडौँ। निर्वाचन आयोग ले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी गरेको विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचार, आमसभा तथा जुलुसमा संलग्न नगराउन आग्रह गरेका हुन्।

निर्वाचन आचारसंहिताको दफा १३, उपदफा (१), खण्ड (ट) अनुसार चुनावी प्रचारप्रसारका गतिविधिमा बालबालिकालाई प्रयोग गर्नु वा गराउनु निषेध गरिएको आयोगले स्मरण गराएको छ।

आचारसंहिता उल्लंघन गरेमा जरिवाना निर्धारण गर्नेदेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको आयोगले चेतावनी दिएको छ।

सम्बन्धित खबर

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *