• फाल्गुन ११, २०८२
  • No Comment
  • 33

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार ग १ ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङ को बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग बाट तल खस्दै त्रिशूली नदी मा खसेको हो।

सशस्त्र प्रहरी बल नेपाल का प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १७ जनाको शव निकालिएको छ। घाइते २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए।

मृतक तथा घाइतेहरूको सनाखत प्रक्रिया जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार कार्य भइरहेको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको जनाइएको छ।

दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *