• फाल्गुन १०, २०८२
  • No Comment
  • 65

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ। खोटाङ मा १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति दिक्तेल इंग्लिस बोर्डिङ स्कुल मा कार्यरत २४ वर्षीय शिक्षक रहेका छन्। उनी सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

पीडित परिवारका अनुसार फागुन ९ गते गृहकार्य सिकाइदिने बहानामा शिक्षकले छात्रालाई आफ्नै कोठामा बोलाएका थिए। त्यस क्रममा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। घटनापछि बालिकालाई केही घण्टासम्म कोठाभित्रै राखिएको समेत परिवारले जनाएको छ।

बालिका रुँदै घर पुगेपछि मात्र अभिभावकले घटनाबारे जानकारी पाएका थिए। त्यसपछि बालिकाका बुवा र काकाले ती शिक्षकलाई उनकै कोठाबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

बालिकाको स्वास्थ्य परीक्षण गरिसकेपछि जिल्ला प्रहरी कार्यालय खोटाङ मा शिक्षकविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *