• फाल्गुन १०, २०८२
  • No Comment
  • 31

रौतहट घटना: वडाध्यक्षसहित २३ जना पक्राउ

गौर (रौतहट)। रौतहट को सदरमुकाम गौरमा दुई समुदायबीच भएको झडपका घटनामा वडाध्यक्षसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–६ सबगढाका वडाध्यक्ष अवधविहारी साह र पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसेदसहित २३ जना रहेका छन्।

गत बिहीबार सबगढा गाउँमा विवाह समारोहमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। सो विवाद उग्र बन्दै झडपमा परिणत भएपछि अवस्था तनावपूर्ण बनेको थियो।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहट ले शनिबार दिउँसो कर्फ्यु आदेश जारी गरेको थियो। सुरक्षा अवस्था मजबुत बनाउन नेपाली सेना समेत परिचालन गरिएको छ। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले गौर बजारसँगै आसपासका क्षेत्रलाई निगरानीमा राखेको जनाएको छ।

गौरमा भएको घटनाले सिंगो मधेस प्रदेश को सुरक्षामा प्रश्न उठाएको स्थानीय प्रशासनले जनाएको छ। निर्वाचनको संवेदनशील समयमा उत्पन्न भएको तनावले सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।

विशेषगरी धार्मिक नाराबाजीका क्रममा उत्तेजना फैलिँदा झडपको अवस्था सिर्जना भएको बताइएको छ। बिहीबार रातिदेखि अशान्त बनेको गौर बजारमा शनिबार पनि तोडफोड र आगजनीका घटना भएका थिए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको रोहबरमा शुक्रबार बेलुकी ६ बुँदे सहमति भएको भए पनि शनिबार बिहानैदेखि पुनः तनाव बढेको थियो।

हाल गौर बजार शान्त देखिए पनि कर्फ्यु आदेश जारी नै रहेको छ। सडक र विद्यालय बन्द छन् भने उम्मेदवारहरू चुनावी अभियानमा जान सकेका छैनन्। आइतबार बिहानदेखि दुवै समुदायका अगुवा, स्थानीय राजनीतिक दल तथा सुरक्षा निकायबीच पुनः वार्ता जारी रहेको डिएसपी बस्यालले जानकारी दिएका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *