सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भई ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि बजारमा सुनको माग र अन्तर्राष्ट्रिय बजारको प्रभावबारे चासो बढेको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र विनिमय दरको प्रभावले नेपाली बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।