- फाल्गुन १०, २०८२
- No Comment
- 13
सुर्खेतकाे चाैकुनेमा स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग स्क्रिनिङ अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
सर्खेत। चौकुने गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि नसर्ने रोग स्क्रिनिङ अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोसेक नेपालको सहयोगमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता चौकुने गाउँपालिकाका सामाजिक विकास संयोजक कमल जि सी ले गर्नुभएको थियो भने प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने तथा विशेष अतिथि चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा सोसेक नेपाल का प्रतिनिधि हस्त बहादुर नेपाली र पार्वती बडुवाल ले नसर्ने रोगको जोखिम, पहिचान तथा समुदायस्तरमा स्क्रिनिङ अभियान प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय ले अभियानको उद्देश्य तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जनक बि क ले गर्नुभएको थियो।
अभिमुखिकरण कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा अन्य नसर्ने रोगहरूको समयमै पहिचान र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।