टी–२० विश्वकपमा नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै

काठमाडौँ। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अन्तिम खेल खेल्दैछ। नेपालले मंगलबार स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।

भारत र श्रीलंकामा जारी प्रतियोगिताअन्तर्गत मुम्बइस्थित  वान्खेडे रंगशालामा हुने खेल साँझ ७:१५ बजे सुरु हुनेछ। तीन खेल लगातार हार्दै विश्वकप यात्राबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

नेपालले पहिलो खेलमा  इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले हार व्यहोरेको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो पराजय बेहोरेको नेपाल तेस्रो खेलमा  वेस्ट इण्डिज सँग ९ विकेटले पराजित भएको थियो।

हालसम्म कुनै पनि अंक जोड्न नसकेको नेपाल समूह ‘सी’ को अंक तालिकाको पुछारमा रहेको छ। समूहबाट  वेस्ट इन्डिजले लगातार तीन जित निकाल्दै र इंग्ल्याण्डले चार खेलमध्ये तीन जित हात पार्दै ६–६ अंकसहित सुपर एट चरणमा स्थान बनाइसकेका छन्।

नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँका रूपमा रहनेछ। प्रशिक्षक तथा खेलाडीले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने लक्ष्य राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *