• फाल्गुन ५, २०८२
  • No Comment
  • 79

मधुमेहका बिरामी टाढै रहनुपर्ने यी ११ खाना

काठमाडौं । रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई मधुमेह (सुगर) भनिन्छ। समयमै नियन्त्रण नगरे यसले मुटु, मिर्गौला, आँखा तथा स्नायु सम्बन्धी जटिलता निम्त्याउन सक्छ। त्यसैले मधुमेहका बिरामीले सन्तुलित आहार अपनाउनुका साथै खान हुने र नहुने खाद्यबारे सचेत हुन आवश्यक छ।

विशेषज्ञहरूका अनुसार स्वस्थ आहारले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग गर्छ। यहाँ मधुमेहका बिरामीले सकेसम्म टाढै रहनुपर्ने ११ प्रकारका खाद्य पदार्थ प्रस्तुत गरिएको छः

१. चिनीयुक्त गुलिया पेय पदार्थ
सोडा, फ्रुट पन्च, स्वीटेनड वाटर, फ्लेभरयुक्त पेय तथा क्याफेमा पाइने अत्यधिक चिनी मिसिएका कफीजन्य पेय पदार्थमा चिनीको मात्रा धेरै हुन्छ। यस्ता पेय पदार्थले रगतमा चिनी तुरुन्तै बढाउने भएकाले मधुमेहका बिरामीका लागि हानिकारक मानिन्छन्।

२. होल मिल्क (पूरा बोसोयुक्त दूध)
होल मिल्कमा फ्याट र क्यालोरीको मात्रा बढी हुने भएकाले तौल बढाउन सक्छ। मोटोपन मधुमेहका बिरामीका लागि जोखिमपूर्ण हुन्छ। त्यसैले स्किम दूध वा कम फ्याट भएको दूधको प्रयोग उपयुक्त मानिन्छ।

३. नास्तामा प्रयोग गरिने प्रशोधित अनाज
बजारमा पाइने चिनी मिसाइएका सिरियल वा प्रशोधित अनाजमा चिनी र क्यालोरी उच्च हुन्छ। यसको सट्टा कम फ्याट तथा कम चिनी भएको विकल्प रोज्न सुझाव दिइन्छ।

४. मकै
मकैमा फाइबर र पोषक तत्व भए पनि स्टार्चको मात्रा बढी हुन्छ। यसले रगतमा चिनी बढाउन सक्छ। चिकित्सकको सल्लाह अनुसार सीमित मात्रामा सेवन गर्न सकिन्छ।

५. ट्रान्स फ्याटयुक्त खाना
केक, पाई, बिस्कुट, फ्रोजन पिज्जा तथा क्रेकरजस्ता ट्रान्स फ्याटयुक्त खाद्यले मुटु र धमनीमा समस्या निम्त्याउन सक्छ। मधुमेहका बिरामीका लागि यस्तो खाना जोखिमपूर्ण हुन्छ।

६. प्याक गरिएका लन्च मिट
पहिल्यै प्रशोधन गरिएका मासुजन्य खाद्यमा स्याचुरेटेड फ्याट र सोडियम बढी हुन्छ। त्यसको सट्टा घरमै पकाएको ताजा मासु सेवन गर्नु उपयुक्त मानिन्छ।

७. मह
मह प्राकृतिक भए पनि यसमा चिनीको मात्रा उच्च हुन्छ। मधुमेहका बिरामीले मात्रा मिलाएर मात्र सेवन गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

८. ह्वाइट राइस (सेतो चामल)
सेतो चामल प्रशोधन गर्दा यसको भुस हटाइने भएकाले यसमा कार्बोहाइड्रेट र ग्लाइसेमिक सूचकांक उच्च हुन्छ। यसको सट्टा ब्राउन राइस वा वाइल्ड राइसको प्रयोग उपयुक्त मानिन्छ।

९. भुटेका वा तारिएका खाना
फ्रेन्च फ्राइज, समोसा, कडा भुटेको चिकेनजस्ता तारिएका खानामा तेल र फ्याटको मात्रा बढी हुन्छ। यसको सट्टा उसिनेको वा पोलेको खाना रोज्न सुझाव दिइन्छ।

१०. फास्ट फुड
तयारी खाना अर्थात् फास्ट फुडमा चिनी, नुन र फ्याटको मात्रा बढी हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त हुँदैन। कम कार्बोहाइड्रेट र कम फ्याटयुक्त विकल्प रोज्नु राम्रो मानिन्छ।

११. ड्राई फ्रुट्स
सुक्खा फलफूलमा पानीको मात्रा कम र चिनी तथा क्यालोरीको मात्रा बढी केन्द्रित हुन्छ। त्यसैले सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ।

मधुमेहका बिरामीले चिकित्सक वा पोषण विशेषज्ञको सल्लाह अनुसार सन्तुलित आहार योजना अपनाउनु अत्यावश्यक छ। सही खानपान र नियमित व्यायामले मधुमेह नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।

सम्बन्धित खबर

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *