• माघ २५, २०८२
  • No Comment
  • 51

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई नेकपाको स्पष्टीकरण : ‘किन कारबाही नगर्ने ?’

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको नीति, विचार र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै स्पष्टीकरण सोधेको छ। पार्टी हितविपरीत काम गरेको र अन्य राजनीतिक दलमा आबद्ध भएको आरोपसहित शर्मालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

नेकपाले पठाएको स्पष्टीकरण पत्रमा पछिल्लो समय शर्माले पार्टीको नीति, विचार, सिद्धान्त र दर्शनविपरीत कार्य गर्दै आएको तथा सामाजिक सञ्जालमार्फत अन्य दलसँग आवद्ध भएको पुष्टि हुने गतिविधि देखिएको उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्यका रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको भन्दै उनीमाथि अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ।

स्पष्टीकरण पत्रमा नेकपाको विधान २०८२ को धारा १०५ (क), (ख), (घ) र (ङ) अनुसार अनुशासनको जानीजानी उल्लङ्घन गरिएको उल्लेख गर्दै विधानको धारा १०६ (१)(क) बमोजिम प्रक्रिया अघि बढाई धारा १०६ (२) अन्तर्गत पार्टी सदस्यताबाटै निष्कासन किन नगर्ने ? भन्ने प्रश्न गरिएको छ।

त्यसैगरी, कर्णाली प्रदेशसभा संसदीय दलको सदस्यका रूपमा संसदीय दलको विधान २०८२ को धारा ९ ले तोकेको काम, कर्तव्य र जिम्मेवारीको पालना नगरेको भन्दै संसदीय दलको विधान धारा ११ (४) र (५) बमोजिम संसदीय दलको सदस्यबाट किन नहटाउने ? भन्ने विषयमा पनि स्पष्टीकरण माग गरिएको छ।

पत्रमा स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ नदिए पार्टी विधान तथा कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

उक्त स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शर्माले केही दिनअघि मात्र संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। पछिल्लो समय उनी जनार्दन शर्मा सहभागी प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय देखिएका छन्।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *