- माघ २३, २०८२
- No Comment
- 26
दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न राप्रपाको माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईँलाई पटक–पटक पक्राउ गर्नु आश्चर्यजनक र अनुचित भएको बताएका छन्। उनले राज्यले एउटै व्यक्तिमाथि प्रतिशोध साँध्नु गलत भएको उल्लेख गर्दै तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन्।
श्रेष्ठले लेखेका छन्, “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई दुःख दिने नियतले पटक–पटक पक्राउ गर्नु आश्चर्यको विषय हो। राज्यले व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ।”
राजावादी अभियन्ता प्रसाईँलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।