• असार ३२, २०८२
  • No Comment
  • 16

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

सुर्खेत, असार ३२ ।कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा बिदा दिइएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गरी मन्त्रिपरिषद्को असार २२ गतेको निर्णयअनुसार बिदा दिइएको जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमद्वारा जारी सूचनामा २०८१ साउन १ गते बिहीबारका दिन कर्णाली प्रदेशभर सार्वजनिक बिदा रहने उल्लेख छ।

साउने सङ्क्रान्ति र विशेषगरी कर्णाली क्षेत्रमा मनाइने महत्त्वपूर्ण देउडा पर्वलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले यो बिदा दिने निर्णय गरेको हो। यो निर्णयसँगै साउन १ गते बिहीबार कर्णाली प्रदेशका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूको कामकाज बन्द रहनेछन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *