• असार २७, २०८२
  • No Comment
  • 123

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले स्थानीय समाजमा ठूलो बहस र चर्चा निम्त्याएको छ।

  १७ वर्षीय युवक केही समयअघि आफ्ना बुबाको घर फर्किएका थिए। उनका बुबाले पहिलो श्रीमतीको मृत्युपछि दोस्रो विवाह गरेका थिए र दोस्रो श्रीमतीसँग १५ वर्षदेखि सँगै बस्दै आएका थिए। युवकले सौतेनी आमालाई आमा भनेर सम्बोधन गर्ने, खुट्टा छोएर आशीर्वाद लिने जस्ता व्यवहार देखाउँदै आएका थिए। तर, उनीहरूबीच प्रेम सम्बन्ध रहेको कसैलाई थाहा थिएन।

केही दिनअघि युवक र उनकी ४० वर्षीया सौतेनी आमा घरबाट एकैपटक बेपत्ता भएका थिए। त्यसपछि युवकका बुबाले प्रहरीमा उजुरी दिएका थिए। प्रहरी अनुसन्धानका क्रममा थाहा भएको छ कि दुवैले अदालतमा गएर विवाह गरिसकेका छन्। युवकका बुबाका अनुसार उनका छोरा नाबालिग भएका कारण यो विवाह कानुनी रूपमा अमान्य हो। तर, प्रहरीले युवकले आफू वयस्क भएको प्रमाण अदालतमा पेस गरेको जानकारी दिएको छ।

युवकका बुबाले आफ्नो श्रीमतीसँगै घरबाट ३० हजार रुपैयाँ नगद, सुनका झुम्का, औंठी, चाँदीको पाउल र ब्रेसलेट समेत लगेको दाबी गरेका छन्। उनले घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *