• बैशाख १६, २०८२
  • No Comment
  • 32

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन

दैलेख । नेपालको अन्तिम घुमन्ते–फिरन्ते राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। अत्यधिक मदिरा सेवनका कारण ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८, सोतखोलामा रहेको राउटे बस्तीमै मृत्यु भएको हो।

बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार, नयाँ वर्षको सुरुवातसँगै मुखिया शाहीले निरन्तर मदिरा सेवन गर्न थालेका थिए। “वैशाख १ यता अत्यधिक मदिरा सेवन गरिरहेका थिए,” खत्रीले भने, “दुई–तीन दिनदेखि बिरामी भएपछि उपचारको तयारी हुँदै थियो, तर सोमबार साँझ निधन भयो।”

शाहीको मृत्युमा बाह्य समुदायको हस्तक्षेप पनि एक कारण रहेको बताइएको छ। केही व्यक्तिहरूले बस्तीमा आएर “मुखिया” भन्दै पैसा दिने गरेकाले उनीमाथि थप दबाब परेको खत्रीले जनाए।

राउटे समुदायले परम्परागत विधिअनुसार मुखिया शाहीको अन्त्येष्टि गरिसकेको छ। समुदायमा कसैको मृत्यु भएमा बस्ती सर्ने परम्परा अनुसार अब उनीहरू नयाँ बस्ती खोज्ने तयारीमा छन्।

हाल राउटे समुदायको जनसंख्या १३५ मा झरेको छ। मुखिया शाहीको निधनसँगै समुदायमा नेतृत्व संकटको अवस्था सिर्जना भएको देखिन्छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *