• बैशाख १६, २०८२
  • No Comment
  • 118

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन

दैलेख । नेपालको अन्तिम घुमन्ते–फिरन्ते राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। अत्यधिक मदिरा सेवनका कारण ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८, सोतखोलामा रहेको राउटे बस्तीमै मृत्यु भएको हो।

बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार, नयाँ वर्षको सुरुवातसँगै मुखिया शाहीले निरन्तर मदिरा सेवन गर्न थालेका थिए। “वैशाख १ यता अत्यधिक मदिरा सेवन गरिरहेका थिए,” खत्रीले भने, “दुई–तीन दिनदेखि बिरामी भएपछि उपचारको तयारी हुँदै थियो, तर सोमबार साँझ निधन भयो।”

शाहीको मृत्युमा बाह्य समुदायको हस्तक्षेप पनि एक कारण रहेको बताइएको छ। केही व्यक्तिहरूले बस्तीमा आएर “मुखिया” भन्दै पैसा दिने गरेकाले उनीमाथि थप दबाब परेको खत्रीले जनाए।

राउटे समुदायले परम्परागत विधिअनुसार मुखिया शाहीको अन्त्येष्टि गरिसकेको छ। समुदायमा कसैको मृत्यु भएमा बस्ती सर्ने परम्परा अनुसार अब उनीहरू नयाँ बस्ती खोज्ने तयारीमा छन्।

हाल राउटे समुदायको जनसंख्या १३५ मा झरेको छ। मुखिया शाहीको निधनसँगै समुदायमा नेतृत्व संकटको अवस्था सिर्जना भएको देखिन्छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *