• फाल्गुन २६, २०८१
  • No Comment
  • 88

आज बिहानै कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

कास्की, फागुन २८ – कास्की जिल्लामा आज बिहान ४ बजेर ११ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु कास्कीको साइमाराङ आसपास रहेको छ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। बिहानको शान्त वातावरणमा अचानक महसुस गरिएको कम्पनले स्थानीयहरूलाई निद्राबाट जगाएको छ। यद्यपि, हालसम्म कुनै ठूलो क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

यसअघि, फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको तथा म्याग्दी केन्द्रविन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।

 

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *