• फाल्गुन २६, २०८१
  • No Comment
  • 124

आज बिहानै कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

कास्की, फागुन २८ – कास्की जिल्लामा आज बिहान ४ बजेर ११ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु कास्कीको साइमाराङ आसपास रहेको छ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। बिहानको शान्त वातावरणमा अचानक महसुस गरिएको कम्पनले स्थानीयहरूलाई निद्राबाट जगाएको छ। यद्यपि, हालसम्म कुनै ठूलो क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

यसअघि, फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको तथा म्याग्दी केन्द्रविन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।

 

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *