• पुस २६, २०८१
  • No Comment
  • 78

बाजुरामा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९, पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…
प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

 कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको माग गर्दै सुर्खेतबाट पदयात्रा सुरू गरेका नवराज बोहोरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष…
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम – रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१० बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *