• पुस २४, २०८१
  • No Comment
  • 118

शक्तिशाली भुकम्पका कारण चीनमा साढे १ मिटर भन्दा धेरै जमिन भासियो

भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीसँग कुरा गर्दै भूकम्पका कारण केन्द्रविन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन एक दशमलव ६ मिटरसम्म तल भासिएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

हिजो बिहान गएको भूकम्पका कारण एक सय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । २४ घण्टामा पाँच सय पटकभन्दा धेरै परकम्प गएका चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन् । अहिलेसम्म प्राप्त सबैजसो सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो ।

भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ नजिकै रहेको अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो । शिगात्सेका अधिकारीहरूले तीन हजार ६ सय वटाभन्दा धेरै भवन भत्किएका र हजारौं मानिस बेघर भएको अनुमान गरेका छन् । सरकारको स्वामित्वमा रहेको पिपल्स डेली पत्रिकाका अनुसार तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

केन्द्रविन्दु नजिकै रहेको टिङ्ग्री काउन्टीमा विद्युत् आपूर्ति हुन थालेको छ भने मोबाइल फोन सेवा सञ्चालन भएको छ । टिङ्ग्री चीनतर्फबाट सगरमाथा अवलोकन वा आरोहण गर्नेका लागि लोकप्रिय ठाउँ हो । भूकम्पपछि त्यहाँबाट सगरमाथा हेर्न बनाइएका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

साथै अन्य देशहरूमा पनि धक्का महसुस गराएकाे थियाे ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *