• पुस २४, २०८१
  • No Comment
  • 137

शक्तिशाली भुकम्पका कारण चीनमा साढे १ मिटर भन्दा धेरै जमिन भासियो

भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीसँग कुरा गर्दै भूकम्पका कारण केन्द्रविन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन एक दशमलव ६ मिटरसम्म तल भासिएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

हिजो बिहान गएको भूकम्पका कारण एक सय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । २४ घण्टामा पाँच सय पटकभन्दा धेरै परकम्प गएका चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन् । अहिलेसम्म प्राप्त सबैजसो सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो ।

भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ नजिकै रहेको अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो । शिगात्सेका अधिकारीहरूले तीन हजार ६ सय वटाभन्दा धेरै भवन भत्किएका र हजारौं मानिस बेघर भएको अनुमान गरेका छन् । सरकारको स्वामित्वमा रहेको पिपल्स डेली पत्रिकाका अनुसार तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

केन्द्रविन्दु नजिकै रहेको टिङ्ग्री काउन्टीमा विद्युत् आपूर्ति हुन थालेको छ भने मोबाइल फोन सेवा सञ्चालन भएको छ । टिङ्ग्री चीनतर्फबाट सगरमाथा अवलोकन वा आरोहण गर्नेका लागि लोकप्रिय ठाउँ हो । भूकम्पपछि त्यहाँबाट सगरमाथा हेर्न बनाइएका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

साथै अन्य देशहरूमा पनि धक्का महसुस गराएकाे थियाे ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *