परिचय र सामान्य शर्तहरू

तपाईंले लाईका खबरका सेवाहरूको प्रयोग गर्नुहुंदा तपाईं र तपाईंको परिवारको नीजि जानकारीहरूको सुरक्षा गर्न लाईका मिडिया प्रतिबद्ध छ ।

तपाईंलाई लाईका खबरको पूर्ण सेवा उपलब्ध गराउनका लागि कहिलेकाहीं हामीलाई तपाईंको बारे जानकारीहरू जुटाउन आवश्यक हुन्छ ।

तपाईंले त्यस्तो जानकारी दिनुहुंदा त्यस्को प्रयोग संयुक्त अधिराज्यको व्यक्तिगत सूचनाको सूरक्षासंग सम्बन्धित कानून बमोजीम गर्नका लागि हामी कानूनी रूपमा नै बाध्य छौं । त्यसमा सन् १९९८ को डेटा प्रोटेक्शन ऐन पनि पर्दछ ।

यी वेबसाइटहरूमा तेस्रोपक्षको स्वामित्व रहेको र तीद्वारा संचालित वेबसाइटहरूको हाइपर लिंकहरु पनि छन् । बाहिरी वेबसाइटहरूको सामग्रीका लागि लाईका खबर जीम्मेवार छैन । ती वेबसाइटहरूको प्रयोग तपाईंले आफ्नै जीम्मेवारीमा गर्नुपर्छ ।

मेरो बारे लाईका खबरले के कस्तो जानकारी संकलन गर्छ ?

जब तपाईं लाईका खबरको कुनै कार्यक्रम सहभागी हुन वा न्यूजलेटर, कार्यक्रम, सेवा, सुबिधा, प्रतियोगीता, लाइभ च्याट र मेसेज बोर्ड जस्ता लाईका खबरको वेबसाइटमा उपलब्ध सेवा लिन चाहनुहुन्छ त्यतिबेला हामी तपाईंको व्यक्तिगत जानकारीहरू माग्न सक्छौं । त्यस्ता जानकारीमा तपाईंको नाम, इमेल ठेगाना, हुलाकी ठेगाना, टेलिफोन वा मोबाइल नम्बर र जन्म मिति इत्यादी पर्दछन् ।

भनिएको स्थानमा आफ्नो बारेमा जानकारी भरेर तपाईंले लाईका खबर र यसका सेवा प्रदायकहरूलाई आफूलाई चाहिए अनुसारको सेवा प्रदान गर्न सहयोग गर्नुहुनेछ ।

लाईका खबरले कुकीहरू पनि प्रयोग गर्छ । कुकी भनेको डेटाको सानो मात्रा हो जस्मा तपाईंको अनलाई चयनका बारे जानकारी रेकर्ड भएको हुन्छ र त्यसबाट हामीलाई हाम्रो वेबसाइट तपाईंको चाहना अनुसार बनाउन सहयोग पुग्दछ ।

त्यसरी नै हामी IP Address पनि संकलन गर्छौं । IP Address भनेको त्यस्तो अंक हो जस्ले इन्टरनेटमा जोडिएको कम्प्युटर वा नेटवर्क यन्त्रलाई विशिष्ट रूपमा पहिचान गर्न सक्छ ।

तपाईंको प्रयोगको अनुभवलाई राम्रो तुल्याउने उद्देश्यले IP Address र कुकीहरू हेर्न हामी एकप्रकारको विश्लेषक सफ्टवेयरको प्रयोग गर्छौं ।

हामी तपाईंको IP Address को प्रयोग तपाईंले संयुक्त अधिराज्य भित्र वा बाहिर कहाँबाट हाम्रो सेवा लिइरहनु भएको छ भन्ने यकिन गर्न पनि गर्छौं ।

यदि तपाईं १६ बर्ष वा त्यो भन्दा कम उमेरको हुनुहुन्छ भने लाईका खबरको वेबसाइटहरूमा आफ्नो नीजि जानकारीहरु दिंदा आफ्नो अभिभावक अनुमति पहिले लिनुहोला । त्यस्तो स्वीकृति नलिएका प्रयोगकर्ताहरूले लाईका खबरलाई आफ्नो नीजि जानकारीहरू दिन पाउंदैनन् ।

लाईका खबरले मेरो बारेमा संकलन गरेको जानकारीको प्रयोग कसरी गर्छ ?

“सेवा प्रशासनिक प्रयोजन” लगायत विभिन्न कारणका लागि मात्र लाईका खबरले तपाईंको व्यक्तिगत जानकारीहरूको प्रयोग गर्छ । लाईका खबरले तपाईंले लिन चाहनुभएको सेवाका सम्बन्धमा तपाईंलाई सम्पर्क पनि गर्न सक्छ ।

कानूनी रूपमा आवश्यक परेको वा अनुमति भएको खण्डमा बाहेक हामी तपाईंको जानकारीहरू गोप्य राख्नेछौं ।

यदि तपाईंले गाली गलौज, अनुपयुक्त वा निषेध गर्नुपर्ने सामग्रीहरू www.laikakhabar.com मा वा अन्यत्र पठाउनुभयो भने अथवा laikakhabar.com मा कुनै पनि ध्वंशात्मक कार्य गर्नुभयो भने, लाईका खबरले तपाईंको नीजि जानकारीहरूको प्रयोग त्यस्ता कार्यलाई रोक्नका लागि गर्न सक्नेछ ।

लाईका खबरले मेरो जानकारी कति समयसम्म राख्नेछ ?

हामि सम्बन्धित सेवाका लागि आवश्यक परेको समयसम्म तपाईंको व्यक्तिगत जानकारीहरू राख्‍नेछौं । लाईका खबरको वेबसाइटमा तपाईंले सामग्रीहरू पठाउनुभएको छ भने त्यस्तो सेवाको उद्देश्यका लागि आवश्यक परेको अवस्थासम्म सामान्यतया त्यसलाई राखिनेछ ।

लाईका खबरको बाह्य वेबसाइटको लिङ्क प्रयोग सम्बन्धमा हाम्रो नीति जान्न कृपया लाईका खबरको मूख्य वेबसाइटमा http://www.laikakhabar.com/out-link जानुहोला ।