
काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाललाई सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिका विषयमा अनुसन्धानका लागि प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
मोरङ प्रहरीले नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा आइतबार बिहान बेलबारी क्षेत्रबाट दाहाललाई नियन्त्रणमा लिएको जनाएको छ। विद्युतीय अपराध तथा सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिका विषयमा अनुसन्धानका लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आइतबार नै काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



