
विरल वर्षासँगै पहिरो, लेदो र सम्भावित बाढीका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।



