
सुर्खेत, साउन २० — जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–६ निवासी २३ वर्षीय मिलन सुनार रहेका छन्। उनले २०८२ साल असोज ३० गते राति चौकुने गाउँपालिका–६ स्थित गुटु विशाल बजारमा ६४ वर्षीया महिलामाथि जबरजस्ती करणीको प्रयास गरी घटनास्थलबाट फरार भएका थिए।
फरार प्रतिवादीको खोजीका लागि प्रहरी नायव निरीक्षक केदार थापाको नेतृत्वमा खटिएको टोलीले निरन्तर खोजतलासपछि बुधबार दिउँसो सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौर बजारबाट सुनारलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान तथा मुद्दाको कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।



