
चितवन, साउन २१ — चितवन प्रहरीले २० किलो चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ निवासी ४४ वर्षीय मोहन गोले र ३१ वर्षीय भीमबहादुर स्याङतान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ९ बजे इच्छाकामना गाउँपालिका–५ मा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरूलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूको झोलाबाट पहेँलो टेपले बेरिएका ४० वटा पोकामा लुकाइएको २० किलो चरेसजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



