• चैत्र २०, २०८२
  • No Comment
  • 9

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेतबराहताल गाउँपालिका–बड्डीचौरमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा स्वास्थ्य शाखाद्वारा सञ्चालित कार्यक्रममा पोषण तथा खाद्य सुरक्षासम्बन्धी नीतिगत विषय, स्थानीय तहको भूमिका तथा समुदायस्तरमा देखिएका चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रदेश योजना आयोग, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, युनिसेफ नेपाल तथा सुन्दर नेपाल संस्था को समन्वय रहेको थियो।

सहभागीहरूले बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण सुधार र खाद्य सुरक्षालाई सुदृढ बनाउन आवश्यक रणनीतिहरूबारे धारणा राखेका थिए।

कार्यक्रममा चन्द्र सिंह सेजुवालशेर सिंह दहित ले सहजीकरण गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा पोषण सुधार र खाद्य सुरक्षाका लागि सरोकारवालाबीच थप समन्वय र सहकार्य आवश्यक रहेको औंल्याइएको छ।

सम्बन्धित खबर

सल्यानका खोलामा अवैध उत्खनन गर्ने २८ ट्याक्टर नियन्त्रणमा

सल्यानका खोलामा अवैध उत्खनन गर्ने २८ ट्याक्टर नियन्त्रणमा

सल्यान — सल्यानका विभिन्न स्थानबाट अवैध रूपमा गिट्टी तथा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेका २८ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको…
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

काठमाडौं । सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतबार…
जाजरकोटका सामुदायिक वनमा आगलागी

जाजरकोटका सामुदायिक वनमा आगलागी

जाजरकोट, आइतबार — जाजरकोट जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको आगलागीका कारण करोडौँ रुपैयाँ बराबरको वन सम्पत्ति नष्ट भएको छ। विशेषगरी शिवालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *