• फाल्गुन १५, २०८२
  • No Comment
  • 11

हेटौंडामा ‘अब कि बार बालेन सरकार’ लेखिएका टीसर्ट बिक्री गरेको अभियोगमा सात व्यापारी नियन्त्रणमा

हेटौंडा। होली पर्वको अवसर पारेर ‘अब कि बार बालेन सरकार’ लेखिएका टीसर्ट बिक्री गरिएको घटनामा सात जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

स्थानीय बजारमा भावी प्रधानमन्त्रीका उम्मेदवार दाबी गरिएका बालेनको तस्वीर अंकित टीसर्ट बिक्री तथा वितरण गर्न थालिएपछि प्रशासन सक्रिय भएको हो। पार्टीको नाम उल्लेख नगरिए पनि निर्वाचनको पूर्वसन्ध्यामा यस्ता सामग्री बिक्री गर्नु आचारसंहिताविपरीत गतिविधि भएको प्रशासनको भनाइ छ। प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यसैबीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा उम्मेदवारको फोटोसहितका सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेका छन्। यस्ता गतिविधिले कानुनी झन्झट निम्त्याउने र सामान जफत हुन सक्ने भएकाले दोहोरो घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। उनले परम्परागत होली पर्वलाई राजनीतिसँग नजोडी मर्यादित रूपमा मनाउन आग्रह गरेका छन्।

१८ गतेदेखि निर्वाचन प्रचारप्रसारमा रोक लागेसँगै मौन अवधि सुरु हुने र सोही अवधिमा फागु पूर्णिमा (होली) परेकाले प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले होलीलाई शान्त, सभ्य र सांस्कृतिक मर्यादाभित्र रही मनाउन अनुरोध गर्दै आचारसंहिता उल्लंघन भएको देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

सूचनामा कसैको इच्छाविपरीत जबर्जस्ती रंग दल्ने, अमर्यादित व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा–डीजे बजाउने तथा पटाका–आतिसबाजी प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको छ।

सम्बन्धित खबर

Angeschlossen Casino Alpenrepublik Ultra Hot $ 1 Kaution qua…

Content Wettarten in Mybet inoffizieller mitarbeiter Übersicht | Ultra Hot $ 1 Kaution Mehr qua Zahlungsoptionen in Teutonia Erreichbar Casinospiele in…

Great Aztec Slot Remark Trigger the brand new Aztec…

Blogs The Favourite Casinos Free Currency Incentives In the Playtech Video game Supplier Play Aztec Silver Megaways at no cost Similar…

Internet casino To own Australia Participants

See a leading aussie internet casino from your shortlist, claim their invited bonus, and play casino games responsibly. Providers you to…

Leave a Reply

Your email address will not be published. Required fields are marked *