काठमाडौं। नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दलबहादुर फडेराको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी भएको छ। स्रोतका अनुसार मानव तस्करीसम्बन्धी गम्भीर आरोप लागेका फडेराको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गर्ने तयारी गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार बनेका फडेरा हुम्ला क्षेत्रबाट चुनावी मैदानमा छन्। उनीमाथि बालबालिकालाई भारत तस्करी गरेको आरोप विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख भएको दाबी गरिएको छ।
पीडितहरूले यसअघि प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता नभएको बताइएको छ। त्यसपछि पीडित पक्ष अदालत पुगेको र अदालतले २०७४ माघ १४ गते जाहेरी दर्ता गर्न परमादेश जारी गरेको स्रोतको भनाइ छ। तर हालसम्म जाहेरी दर्ता भएर अनुसन्धान प्रक्रिया अघि नबढेको दाबी गरिएको छ।
फडेरा २०७४ सालको निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा भने उनी नेपाली कांग्रेसका मोहनविक्रम सिंहसँग पराजित भएका थिए। प्रदेश सभा निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बनेका उनी विजयी हुन सकेका थिएनन्।
हाल प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका फडेराविरुद्ध उजुरी दर्ता भएमा कानुनी प्रक्रियाअनुसार आयोगले आवश्यक निर्णय गर्ने बताइएको छ। स्रोतका अनुसार फौजदारी कसुरसँग सम्बन्धित आरोप भएकाले उम्मेदवारी खारेज हुने सम्भावना रहेको दाबी गरिएको छ।
यस विषयमा प्रतिक्रिया लिन फडेरासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको जनाइएको छ। निर्वाचन आयोगले भने उजुरी परेपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।
Content Wettarten in Mybet inoffizieller mitarbeiter Übersicht | Ultra Hot $ 1 Kaution Mehr qua Zahlungsoptionen in Teutonia Erreichbar Casinospiele in…