• फाल्गुन ८, २०८२
  • No Comment
  • 16

मधुमेहका बिरामीले जोगिनुपर्ने ११ प्रकारका खाद्यपदार्थ

मधुमेह (डायबिटिज) लाई समयमै नियन्त्रण नगरे मुटु, मिर्गौला, आँखा तथा नसासम्बन्धी गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसैले प्रत्येक मधुमेहका बिरामीले आफूले खानेकुरा प्रति विशेष ध्यान दिनु आवश्यक हुन्छ। विशेषगरी चिनी, फ्याट र प्रशोधित कार्बोहाइड्रेट बढी भएका खाद्यपदार्थबाट टाढा रहन सुझाव दिइन्छ।

यहाँ मधुमेहका बिरामीले खान नहुने वा सीमित मात्रामा सेवन गर्नुपर्ने ११ प्रकारका खाद्यपदार्थ प्रस्तुत गरिएको छः

१. चिनीयुक्त गुलिया पेय पदार्थ

https://www.frysfood.com/content/v2/binary/recipe/images/5e1f76f99da07c34418ddd7c-original.jpg

कृत्रिम रूपमा गुलियो बनाइएका पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ। नियमित सोडा, फ्रुट पन्च, स्वीटेन्ड वाटर, क्यापुचिनो, म्याकिआटो जस्ता पेयले रगतमा चिनीको मात्रा छिटो बढाउँछन्। मधुमेह बिरामीले यस्ता पेयबाट टाढा रहनु उपयुक्त हुन्छ।

२. फुल–फ्याट दूधका परिकार

https://www.savelives.com/media/catalog/product/cache/43a5a03b5a36367dc6f1147480239a1f/w/a/wa16045u.jpg
फुल–फ्याट दूध र त्यसका परिकारमा क्यालोरी तथा स्याचुरेटेड फ्याट बढी हुन्छ। यसले तौल बढाउन सहयोग गर्छ, जसले मधुमेहको जटिलता बढाउन सक्छ। यसको सट्टा स्किम दूध, बादाम (अल्मोन्ड) मिल्क, सोया मिल्क वा राइस मिल्क रोज्नु राम्रो हुन्छ।

३. प्रशोधित नास्ता अनाज

बजारमा पाइने धेरैजसो नास्ता अनाज कृत्रिम रूपमा गुलिया बनाइएका हुन्छन्। यसमा चिनी र क्यालोरीको मात्रा उच्च हुने भएकाले मधुमेह बिरामीका लागि उपयुक्त हुँदैन। लो–फ्याट वा होल ग्रेन विकल्प रोज्न सकिन्छ।

४. मकै

https://assets.epicurious.com/photos/62d9718945d24f281b7f2f39/1%3A1/w_4295%2Ch_4295%2Cc_limit/BasicCorn_RECIPE_072022_37565.jpg

मकैमा फाइबर र भिटामिन भए पनि स्टार्चको मात्रा उच्च हुन्छ, जसले रगतमा चिनी बढाउन सक्छ। चिकित्सकको सल्लाह अनुसार सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ।

५. फ्रोजन तथा प्रशोधित बेकरी आइटम

केक, पाई क्रस्ट, बिस्कुट, फ्रोजन पिज्जा र क्रेकरमा फ्याट तथा सोडियम बढी हुन्छ। यस्ता खानाले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ।

६. प्याक गरिएका लन्च मिट

https://upload.wikimedia.org/wikipedia/commons/2/28/13-08-31-wien-redaktionstreffen-EuT-by-Bi-frie-168.jpg
 पहिल्यै प्रशोधित गरी प्याक गरिएका मासुजन्य परिकारमा स्याचुरेटेड फ्याट र सोडियम बढी हुन्छ। घरमै पकाइएको ताजा मासु सेवन गर्नु राम्रो विकल्प हो।

७. मह

मह प्राकृतिक भए पनि यसमा चिनीको मात्रा उच्च हुन्छ। पूर्ण रूपमा निषेध नगरे पनि सीमित मात्रामा, अन्य खानेकुरासँग सन्तुलन मिलाएर मात्र सेवन गर्नुपर्छ।

८. सेतो चामल (ह्वाइट राइस)

https://www.marthastewart.com/thmb/ts80O6Fy1XyD66-QKjM9AweAh4o%3D/1500x0/filters%3Ano_upscale%28%29%3Amax_bytes%28150000%29%3Astrip_icc%28%29/perfect-white-rice-7-ef73aef3b89c42008d409441071502fb.jpg
 सेतो चामल प्रशोधित भएकाले फाइबर कम हुन्छ र चिनी छिटो बढाउन सक्छ। यसको सट्टा ब्राउन वा वाइल्ड राइस रोज्नु लाभदायक मानिन्छ।

९. फास्ट फुड

https://i.insider.com/5da7556ce94e8660201f0d69?format=jpeg&width=910
 फास्ट फुडमा प्रायः चिनी, नुन र फ्याटको मात्रा उच्च हुन्छ। कम फ्याट तथा कम कार्बोहाइड्रेट भएको विकल्प रोजेमा केही हदसम्म सुरक्षित हुन सक्छ।

१०. भुटेका वा तारिएका खाना

https://www.saveur.com/uploads/2019/03/18/3UNXFYJBBR7TM4Z3HZENXOCVMM.jpg?format=auto&optimize=high&width=1440
 तारिएका खानामा लुकेको फ्याट र तेलको मात्रा बढी हुन्छ। फ्रेन्च फ्राइज, समोसा, कडा भुटेको चिकेन जस्ता परिकारबाट जोगिनु राम्रो हुन्छ। यसको सट्टा उसिनेको वा पोलेको खाना रोज्नुपर्छ।

११. ड्राई फ्रुट्स

ड्राई फ्रुट्समा फाइबर र भिटामिन भए पनि चिनी र क्यालोरीको मात्रा सघन रूपमा पाइन्छ। त्यसैले सीमित मात्रामा मात्र सेवन गर्न सिफारिस गरिन्छ।

मधुमेह नियन्त्रणमा राख्न औषधिसँगै सन्तुलित खानपान अत्यन्त आवश्यक छ। चिनी, फ्याट र अत्यधिक प्रशोधित खाद्यपदार्थबाट टाढा रहँदै चिकित्सक वा पोषणविद्को सल्लाहअनुसार आहार तालिका अपनाए मधुमेहका जटिलताबाट जोगिन सकिन्छ।

एजेन्सी

सम्बन्धित खबर

Phoenix Sunlight Slot Casino Stars app download latest version…

Blogs Best Casinos to play the newest Phoenix Sunshine Position – Casino Stars app download latest version Here are the Extra…

Ding ding ding Gambling establishment Feedback: An extensive Consider…

The world of on line playing has grown beyond old-fashioned genuine-currency casinos to include ining knowledge that enable people to enjoy…

Ding ding ding Gambling establishment Feedback: A thorough Think…

The world of on line gaming is continuing to grow past GoKong app traditional real-currency casinos to include ining experience that…

Leave a Reply

Your email address will not be published. Required fields are marked *